
धनगढी — धनगढीमा जारी सुदूरपश्चिम महोत्सव शनिबार (आज) राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिदै छन । महोत्सवको छैटौँ दिन लोकप्रिय गायक प्रकास सपुतलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको आयोजकले बताएका छन्। कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकास चन्दका अनुसार सपुतसँगै शान्ति श्री परियार, हेमन्ता भट्टराई, भुवन दाहाल, बिष्णु भट्टलगायतका कलाकारले पनि आफ्ना उत्कृष्ट कला प्रस्तुत गर्नेछन्।
संगीतसँगै ग्ल्यामरको रौनक थप्ने उद्देश्यले चर्चित मोडल पुस्पा कडैलाको पनि विशेष प्रस्तुति रहने चन्दले जानकारी दिए। मंसिर २२ गतेबाट सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ। स्थानीय उत्पादन, पर्यटन, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ जारी महोत्सवमा दैनिक हजारौं दर्शकहरुको भीड देखिन्छ। शनिवारको कार्यक्रममा अझै बढी दर्शकको उपस्थिति रहने अपेक्षा आयोजकले गरेका छन्।















