खाेज्नुहाेस

लागू औषध सहित गोदावरीका एक युवक पक्राउ, होटल सञ्चालक फरार

Image

अत्तरिया – कैलालीको चिसापानीबाट लागू औषध सहित गोदावरीका एक युवक पक्राउ परेका छन् । बिहीबार लम्की चुहा नगरपालिका – ३ चिसापानी स्थित लियाक्सन होटल अगाडिबाट गोदावरी नगरपालिका – ३ चौकीडांडाका २३ को सागर विक पक्राउ परेका हुन ।

navjiwan hospital

उनको साथबाट ४० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

प्रहरीले नजिकै रहेको दिपा कुमारी विष्टले सञ्चालन गरेको लियाक्सन होटलमा खानतलासी गर्दा होटलको बरन्डाको बल्क (इँटा) मुनी लुकाई राखेको अवस्थामा थप १०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरेको जनाएको छ ।

होटल सञ्चालक दिपा कुमारी विष्ट भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।