खाेज्नुहाेस

लागू औषध सहित ७ जना पक्राउ

Image
सांकेतिक फोटो

अत्तरिया – कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट लागू औषध सहित ७ जना पक्राउ परेका छन । बुधबार कैलाली टीकापुर नगरपालिका – ९ खक्रौला चेकपोष्टबाट लागू औषध सहित जानकी गाउँपालिका – १ दुर्गौलीका २२ वर्षीय निराजन भुल पक्राउ परेका छन ।

उनको साथबाट ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

यस्तै भीमदत्त नगरपालिका – १८ सालघारीबाट २५ वर्षीय हेमन्त धामी पक्राउ परेका छन । उनको साथबाट ४६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

भीमदत्त नगरपालिका – ३ भाँसिबाट पनि लागूऔषध सहित ५ जना पक्राउ परेका छन । वेदकोट नगरपालिका – ४ बगुन घर भइ हाल धनगढी उपमहानगरपालिका – ३ भाँसिमा बस्दै आएका २८ वर्षीय सुनिल बिष्ट सहित ५ जना पक्राउ परेका छन ।

सुनिलको कोठा जाँच गर्दा ३ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएपछि सोहि कोठामा लागू औषध सेवन गरिरहेको अवस्थामा निलम अवस्थि, बिनोद ठगुन्ना, योजन शर्मा, भरत बम पक्राउ परेका हुन । उनीहरुलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।