खाेज्नुहाेस

फाइनल प्रवेशका लागि आज विराटनगर र लुम्बिनी भिड्दै

Image

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत फाइनल प्रवेशका लागि आज (बिहीबार) विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच निर्णायक भिडन्त हुँदैछ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे हुने यो दोस्रो क्वालिफायर खेल निर्णायक बन्नेछ।

attariya hospital
navjiwan hospital

विराटनगर किङ्स पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएपछि यो चरणमा आइपुगेको हो। विराटनगर लिग चरणमा लुम्बिनी लायन्ससँग बेहोरेको ५ विकेटको हारको बदलासहित फाइनलमा पुग्ने दाउमा छ ।

लुम्बिनी बुधबार भएको एलिमिनेटर खेलमा काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको हो। गत सिजनको तुलनामा उत्कृष्ट प्रदर्शन गरिरहेको लुम्बिनी उपाधि जित्ने लक्ष्यका साथ महत्त्वपूर्ण जित खोज्दै मैदानमा उत्रिनेछ।

आजको खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।