कञ्चनपुर – कञ्चनपुरबाट चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०५५ वैशाख २७ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र १२ हजार जरिवाना तोकिएका कञ्चनपुरको पुनर्वास नगरपालिका – ३ बस्ने ६३ वर्षीय राम सिंह तामाङ पक्राउ परेका हुन्।

सोमबार तामाङलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।




















