खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित ३ जना पक्राउ

Image
file photo
कञ्चनपुर – कञ्चनपुरबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन्।
attariya hospital
navjiwan hospital
बेलौरी नगरपालिका–६ महाकाली क्याम्पस नजिक बेलौरी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१ ह ५५०५ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाडी बस्ने २७ वर्षीय नरेन्द्र बोहरा, अटोमा सवार धनगढी चौराहा बस्ने ३६ वर्षीय प्रेम खत्री र धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ४० वर्षीय चक्रपति गिरी लागू औषध सहित पक्राउ परेका हुन ।
उनीहरूको साथबाट २ ग्राम ५० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले अटोसहित तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरीमा राखेर अनुसन्धान गरिरहेको छ ।