खाेज्नुहाेस

सुदूरपश्चिम महोत्सव सुरु, अर्थमन्त्रीले गरे उद्घाटन

Image

धनगढी – कैलालीको धनगढीमा १९औँ संस्करणको सुदूरपश्चिम महोत्सव सुरु भएको छ । महोत्सवको एक कार्यक्रमकाबीच अर्थमन्त्री रामेश्वर खनालले उद्धाटन गरेका छन । महोत्सवको उद्धाटन गर्दै अर्थमन्त्री खनालले सुदूरपश्चिमको समृद्धिसँग जोडिएका ठूला आयोजना निर्माण र सञ्चालनमा वर्तमान सरकार सकारात्मक रहेको बताए ।

navjiwan hospital

‘हाम्रो मुख्य काम त निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने नै हो,’ अर्थमन्त्री खनालले भने, ‘त्यसबाहेक हाम्रो कार्यकालमा गर्न सकिने विकास निर्माणको काम पनि हुन्छ । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, दोधारा चाँदनीको सुक्खा बन्दरगाह निर्माण लगायतका योजना यो सरकारको प्राथमिकतामा छ ।’

attariya hospital

प्रदेशको पर्यटन, कृषि र उद्योग र व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्यले महोत्सव आयोजना गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले बताए । ‘समग्र विकासका सम्भावनाहरूलाई उजागर गरी आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुर्नस्थापित गर्ने उद्देश्य पनि महोत्सव हो,’ उनले भने ।

‘पर्यटन, संस्कृति, उद्योग र व्यापार, समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ । महोत्सव आयोजनामा तीन करोड लागतको अनुमान गरिएको छ भने १५ करोड बराबरको कारोबार हुने संघले जनाएको छ । सात लाख व्यक्तिले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय बढी स्टल छन् ।