खाेज्नुहाेस

कृष्णपुरमा एक घण्टामै काटिएका थिए १३९ रुख

Image

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा रहेको गौरीघाट सामुदायिक वनमा रुख काटिएको घटना अहिले चर्चामा छ । वनको १० हेक्टरमा रहेका खयर, सिसौ र कञ्जुलगायत १ सय ३९ कटान कटान गरिएपनि कसले काटेको भन्ने पत्तो लाग्न सकेको छैन ।

फिल्मी शैलीमा काटिएका उक्त रुख एक घण्टा भित्र काटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डीसीले बताएका छन ।

attariya hospital

‘बिहीबार दिउँसोको समय एक घण्टाभित्रै ठूलो संख्यामा मानिस आएर रुख कटान गरेको देखिन्छ,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डीसीले भने, ‘केही रुख लगिसकेका छन्, केही वनमै छाडेका छन् ।’

navjiwan hospital

डिभिजन वन कार्यालयले रुख कटान कसले गरेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । सब डिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत तोकिएको छ ।

‘स्थानीयले नै रुख कटान गरेको देखिन्छ, तर कसकसको संलग्नता छ भन्ने अझै खुल्न बाँकी छ,’ डिभिजन वन कार्यालयका प्रमुख डीसीले भने, ‘हामी वन फँडानी गर्ने मुख्य व्यक्तिको खोजीमा छौं ।’ सामुदायिक वनका अध्यक्ष कुमारी बोहोरा सहितका पदाधिकारीलाई बोलाएर फँडानीमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको उनले बताए । कारबाही नभए डिभिजन वन कार्यालयले नै कारबाही प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

सामुदायीक वनको चारैतिर बस्ती छ । उक्त वनलाई पनि स्थानीयले बस्ती नै बनाउन खोजेको डीसी बताउछन् । यसमा केही जनप्रतिनिधिको पनि मनसाय रहेको उनले बताए । जनप्रतिनिधिले उक्त सामुदायिक वनमा बजार विस्तार गर्न खोजेको बताए ।

कृष्णपुर नगरपालिका–७ का वडाध्यक्ष घुम्मन रानाले सामुदायिक वनमा घेरबार नभएको र समिति पनि निष्क्रिय भएका कारण फँडानी भएको प्रतिक्रिया दिए । वन कसरी कसको निर्देशनमा फँडानी भएको हो भन्ने विषयमा केही जानकारी नभएको उनको भनाइ छ ।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले विगतदेखि नै उक्त सामुदायिक वन बेवारिस अवस्थामा रहेको बताए । विवाह ब्रतबन्धदेखि अन्तिम संस्कारसम्मका कामका लागि सोही वनबाट रुख कटानी हुने गरेको उनको भनाइ छ ।