
कञ्चनपुर– महाकाली नदीमा ९ दिनअघि बेपत्ता भएका युवकको शव फेला परेको छ । नदीमा पौडी खेल्ने क्रममा ९ दिन अघि बेपत्ता भएका जिल्लाको भीमदत्त नगरपालिका– १२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले स्थानीयको खबरपछि घटना स्थलमा पुगेको शवको सनाखत गरिएको बताए । बिहीबार बिहान शव फेला परेको बताईएको छ ।





















