खाेज्नुहाेस

एनपिएलमा आज विराटनगर र लुम्बिनी भिड्दै

Image

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिलएल)मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे दुई टोलिबीच खेल हुनेछ।

navjiwan hospital

दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन्। विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ। ऊ ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ।

attariya hospital

लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ। ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ। उसका लागि आजको खेल जित्नुपर्ने दबाब छ।

विराटनगरमा आबद्ध भएका दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिस सोमबार नेपाल आइसकेका छन्। उनले बुधबार लुम्बिनी लायन्स विरूद्धको खेल खेल्न सक्नेछन्।