
कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
आइतबार भीमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–६ सुडाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ८६ हजार ९५० मूल्य बराबरको सामान बरामद गरिएको हो ।
जसअन्तरगत किरानाका सामान, एक थान मोटरसाइकल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।





















