खाेज्नुहाेस

पुस ९ गतेदेखि सृजनशील गोदावरी साँस्कृतिक महोत्सव हुने

Image

अत्तरिया – कैलालीको अत्तरियामा सृजनशील गोदावरी साँस्कृतिक महोत्सव हुने भएको छ । पुस ९ देखि १९ गते सम्म सृजनशील युवा क्लबको आयोजनामा महोत्सव हुन लागेको हो ।

navjiwan hospital

आइतबार पत्रकार मम्मेलनको आयोजना गर्दै आयोजकले महोत्सव अत्तरियाको पुर्व रोडमा रहेको सुरक्षा सामुदायिक वनको प्राङ्गणमा हुने जनाएको छ ।

attariya hospital

क्लबका अध्यक्ष नर बहादुर राईले २०६६ सालदेखि सृजनशील युवा क्लब आयोजना गर्दै आएको महोत्सव २०७२ देखि अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेपनि पछिल्लो समय महोत्सव रोकिएपछि पुन आयोजना गर्न लागिएको बताए ।

उनले महोत्सव आयोजनाका लागि अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सँग पनि समन्वय गरेको बताए ।