
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन । शुक्रबार धनगढी उपमहानगरपालिका – १३ झलारीगाउँ एयरपोर्ट नजिकबाट २३ वर्षीय भुवन राना, २३ वर्षीय कल्पना चौधरी र धनगढी उपमहानगरपालिका – ११ का २५ वर्षीय जिवन चौधरी पक्राउ परेका छन ।
उनीहरुको साथबाट ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । तिनै जनालाई प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।





















