खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद 

Image
अत्तरिया –कैलाली कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ ।  बिहीबार धनगढी उपमहानगरपालिका – ३ मिलनचोक र टीकापुर नगरपालिका – ९ सोनाफाँटाबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ३८ हजार ५ सय बराबरको कुर्ता, टोपी, मोजा, टेन्ट लगायतका सामानहरू बरामद गरिएको छ ।
attariya hospital
navjiwan hospital
यस्तै भीमदत्त नगरपालिका – ११ भुजेला र दोधारा चाँदनी नगरपालिका –३ कल्चुघाटबाट १ लाख ५६ हजार बराबरको पेय पदार्थ, कस्मेटिक, इलेकट्रोनिक, किराना लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
दुवै जिल्लाबाट बेवारिसे अवस्थामा सामान फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।