खाेज्नुहाेस

धनगढी उपमहानगरमा वडालाई नै आर्थिक अख्तियारी

Image

धनगढी – सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा विकेन्द्रीकरणको अभ्यास थालिएको छ । यो उपमहमनगरले वडा कार्यालयलाई आर्थिक आर्थिक अधिकार प्रत्यायोजन गरेको छ । धनगढीमा आर्थिक वर्ष २०८०–८१ बाट वडाको बजेट वडाबाटै खर्च गर्न थालिएको हो ।

वडामै आर्थिक अधिकार प्रत्यायोजन गरेपछि वडाको बजेट वडाबाटै खर्च हुने थालेको उपमहानगरपालिकाले जनाएको छ । धनगढीका १९ वटै वडामा वडा सचिवमा अधिकृत स्तरको कर्मचारी खटाइएको छ। यस्तै खाता सञ्चालन गर्न र भुक्तानी दिन सबै वडामा लेखापाल पठाइएको छ ।

attariya hospital
navjiwan hospital

वडालाई नै खाता सञ्चालनको अधिकार दिएपछि वडाबाट सञ्चालित हुने योजनाको सम्झौता गर्न र भुक्तानी लिन नगरपालिका आउनुपर्ने बाध्यता हटेको छ । थोरै रकमको कामको सम्झौता गर्न र भुक्तानीका लागि नगरपालिका आउने बाध्यता हट्दा नगरवासीलाई सहज भएको नगर प्रमुख गोपाल हमालले बताए ।

वडाले छनोट गरेका योजना वडाबाटै काम गराउन सहज भएको धनगढी–३ का वडा अधयक्ष राजबहादुर ऐरले बताए ।

उनले वडाबाटै योजनाको सम्झौता गर्ने र भुक्तानी दिने व्यवस्था गरिँदा वडा कार्यालयहरूले संस्थागत जिम्मेवारी पाएको अनुभूति गरेको बताए । आर्थिक अधिकार विकेन्द्रीकरण गरिँदा वडाहरूलाई समयमै योजना कार्यान्वयन गर्न, कामको मूल्याङ्कन गर्न र नयाँ आर्थिक वर्षका लागि योजना तय गर्न सहज भएको वडा अध्यक्ष ऐरले बताएका छन् ।