धनगढी – कैलालीको लम्कीमा आजदेखि लम्की सांगीतिक महोत्सव तथा व्यापार मेला २०८० सुरु भएको छ । सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्जको आयोजनामा महोत्सव सुरु भएको हो ।
महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन । बुधबार देखि सुरु भएको महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुनेछ । ‘शिक्षा सूचना विकासको अभियान, कृषि, व्यापार, संस्कृति र पर्यटन हाम्रो पहिचान’ नारासहित महोत्सव सञ्चालन गरिएको हो ।


महोत्सवमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, कला संस्कृतिको विकास तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तुको बजार प्रवद्र्धन गर्न मेला आयोजना भएको रेडियोका स्टेशन म्यानेजर देवानन्द न्यौपानेले बताए ।
महोत्सवमा करीब डेढ लाख दर्शकले अवलोकन गर्ने र करीब ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव अवधिभर दर्शकको सांगीतिक मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारको प्रस्तुति रहनेछ ।


















