खाेज्नुहाेस

दार्चुलामा यो वर्ष स्याउको उत्पादन ह्वात्तै घट्यो

Image

दार्चुला– दार्चुलामा यो वर्ष स्याउको उत्पादन ह्वात्तै घटेको छ । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष झण्डै आधाले स्याउ उत्पादन घटेको हो ।

navjiwan hospital

जिल्लाका ४ स्थानिय तहमा अहिले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम परियोजना अन्तरगत स्याउ खेती विस्तार भइरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, दार्चुलाका प्रमुख कमल तामाङले बताए । उनका अनुसार जिल्लाका अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका व्याँस गाउँपालिका र मार्मा गाउँपालिकामा सो परियोजना अन्तरगत स्याउ खेती भैरहेको छ ।

attariya hospital

तामाङले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्याउको उत्पादन ह्वात्तै घटेको बताए । उनले गत वर्ष २ हजार २ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष १ हजार ३ सय मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको बताए ।

यो वर्ष अत्याधिक असिनापानी परेको कारण उत्पादनमा कमि आएको उनको भनाई छ । दार्चुलामा स्याउको ८.३५ मेट्रिकटन प्रति हेकटर उत्पादकत्वक रहेको तामाङले बताए । मुख्य गरि ब्याँसको छाङरु, नौगाडको जात्रा र मानाकोट, अपिहिमालको पाथा, खण्डेश्वरी र लिथि लगायतका ठाउँहरुमा राम्रो स्याउ उत्पादन हुने गरेको छ । दार्चुलामा राम्रो स्याउ उत्पादन हुने र बजार पनि राम्रो रहेको भए पनि कृषकहरुले व्यवसायीक रुपमा स्याउ खेती गर्न नसकेको तामाङले बताए । दार्चुलामा उत्पादन भएको स्याउ स्थानीय बजारहरुमै खपत हुने अवस्था रहेको छ ।