खाेज्नुहाेस

कैलालीबाट लागू औषध सहित २ जना पक्राउ

Image

धनगढी – कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। मंगलबार गौरीगंगा नगरपालिका–८ बडैपुर बजारबाट ३० वर्षीय हरेन्द्र भाट पक्राउ परेका हुन ।

navjiwan hospital

उनको साथबाट २ ग्राम ९५० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट धनगढी उपमहानगरपालिका–१३ मोहनपुर बस्ने ३० वर्षीय रुमन चौधरी पक्राउ परेका छन । उनको साथबाट ३ ग्राम ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।