अत्तरिया – कैलालीको गोदावरीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गरिएको छ । मंगलबार एक महारोहका बिच अभियानको शुभारम्भ गरिएको हो । अभियानको गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले दीप प्रज्वलन गरेर शुभारम्भ गरेकी थिइन् ।

अभियानको शुभारम्भ गर्दै उनले लैङ्गिक हिंसामा बढी जसो महिला तथा बालबालिका पर्ने गरेको बताइन । उनले लैङ्गिक हिंसा गर्न पनि नहुने र गरेको पनि सहन नहुने बताइन ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने गरेको छ । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरिएको छ । अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेको छ ।



















