खाेज्नुहाेस

सूर्योदय वोमी लघुवित मार्फत बिमा रकम हस्तान्तरण

Image

कैलाली – सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय भालुफाटा कैलाली द्धारा बिमा रकम प्रदान गरिएको छ ।

सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.भालुफाटा शाखा कार्यालय मा एक जना सदस्यलाई श्रीमानको मृत्यु भएकाले बिमा रकम प्रदान गरेको छ । जिल्लाको घोडाघोडि नगरपालिका ९ रतिपुर घर भएकी समुह नं. १८६.००११ कि सदस्य अस्मीता बि.क को मा मृत्यु भएको र हाल आवश्यक कागजात पेश गरिसके पछि जाचँ बुझ गरि बिमा राहत रकम ७५ हजार रुपैया वडा का वाड अध्यक्ष हरिचन्द्र शाह मार्फत एक कार्यक्रम विच प्रदान गरिएको हो ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा उपस्थित व्यक्तीहरुले यसरि राहात रकम प्रदान गर्दा पुर्णरुपमा समस्याको सामाधान नभएननि समस्या परेको घाउमा मलम लगाउने काम गरेको प्रति खुशि व्यक्त गर्दै आगामी दिनहरुमा अझै राम्रा कार्यक्रम व्यबस्थागर्न समेत सुझाव दिईएका थिए ।

सोहि कार्यक्रममा बोल्दै वडा अध्यक्षले लघुकार्यक्रम मा आवद्ध भए सबैजना सचेत भई वित्तीय कारोबार र पारदर्शि हुन समेत सल्लाह दिनु भयो । सो कार्यक्रममा स्थिानिय अन्य भद्र भलादमि, भालुफाटा शाखाका शाखा प्रमुख,कर्मचारी को उपस्थिति समापन गरिएको थियो ।

हाल सुर्योदय वोमि लघुबित्त को सात बटै प्रदेश का १७१ शाखा मार्फत करिब १९१ हजार भन्दा धेरै जनालाई बित्तिय सेवा प्रदान गर्दै आइरहेको छ ।