खाेज्नुहाेस

कैलालीका विभिन्न स्थानबाट अबैध भन्सार छलिका सामान नियन्त्रणमा

Image
file photo

अत्तरिया– कैलालीका विभिन्न स्थानबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । जिल्लाका धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौराहा र टीकापुर नगरपालिका– ९ सोनाफाँटा स्थित सडक किनारबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो ।

navjiwan hospital

अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याईएका करिब १ लाख २२ हजार ९०० रुपैया बराबरका सामाग्रीहरु नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

attariya hospital

सो रकम बराबरका चिनि, बिँडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारि नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।