खाेज्नुहाेस

सुदूरपश्चिमको औद्योगिक कर्जा बढ्दा उत्पादनमा ह्रास

Image
धनगढी – सुदूरपश्चिम प्रदेशमा औद्योगिक कर्जा बढ्दा पनि उत्पादनमा ह्रास आएको पाइएको छ । प्रदेशमा औद्योगिक कर्जा ४.३७ प्रतिशतले बढ्दा उत्पादनमा भने ठुलो ह्रास आएको छ ।
attariya hospital
नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनमा गहुँको पीठो ६५.०९ प्रतिशत, चिनी ६०.२२ प्रतिशत, इँटा ४२.८६ प्रतिशत, साबुन २३.८२ प्रतिशत चामल १५.२५ प्रतिशत, रोजिन ६.८६ प्रतिशत कंक्रिट ६.५९ प्रतिशत र तोरीको तेल ४.३५ प्रतिशतले घटेको छ ।
बजारमा देखिएको शिथिलताका कारण कर्जाको समष्टिगत मागमा कमी आए पनि २०८१ असार मसान्तको तुलनामा भने कर्जाको प्रवाह ४.३७ प्रतिशतले बढेको छ ।
navjiwan hospital
२०८२ असार मसान्त सम्म बैंक तथा वित्तीय संस्थाहरूले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २६ अर्ब ७२ करोड ३ लाख पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा भने ४.७९ प्रतिशतले कमी आएको थियो ।
कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १६.९७ प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये विद्युत्, ग्यास तथा पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ६७.५५ प्रतिशतले वृद्धि भएको छ भने खानी सम्बन्धी उद्योगमा सबैभन्दा बढी ३७.८३ प्रतिशतले ह्रास आएको छ ।
कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४२.७१ प्रतिशत, गैर खाद्यवस्तु सम्बन्धी उद्योगमा २६.०५ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २०.२१ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ८.९२ प्रतिशत, विद्युत्, ग्याँस तथा पानी उद्योगमा १.६३ प्रतिशत र खानीसम्बन्धी उद्योगमा ०.४८ प्रतिशत अंश छ ।
समीक्षा वर्षमा यस प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७९.१३ प्रतिशत रहेको छ भने बाजुरा जिल्लाको अंश सबैभन्दा कम ०.४४ प्रतिशत रहेको छ । यसै गरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बैतडी, दार्चुला, तथा बझाङ को अंश क्रमशः १५.७३ प्रतिशत, १.५४ प्रतिशत, १.०३ प्रतिशत, ०.६० प्रतिशत, ०.५९ प्रतिशत, ०.४८ प्रतिशत, र ०.४६ प्रतिशत रहेको छ ।