खाेज्नुहाेस

सुदूरपश्चिमका ४ जिल्लामा ‘घुम्ती किम्फ’ आयोजना हुने

Image

अत्तरिया– सुदूरपश्चिमका ४ जिल्लामा काठमाण्डौ अन्तरराष्ट्रिय चलचित्र महोत्सवको संस्करण ‘घुम्ती किम्फ’ आयोजना हुने भएको छ । यही मंसिर ८ गतेदेखी १९ गतेसम्म प्रदेका ४ जिल्लाका विभिन्न स्थानमा ‘घुम्ती किम्फ’ आयोजना हुने भएको हो ।

किम्फ फाउण्डेसनका अनुसार प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा र अछामका विभिन्न स्थानमा फेस्टिभल आयोजना हुनेछ । सो अवसरमा सामाजिक विषयवस्तुमा निर्माण भएका छोटो फिल्म र डकुमेन्ट्रीका साथै कार्यशाला, बहस र छलफलका सत्र समेत संचालन हुने जनाइएको छ ।

attariya hospital
navjiwan hospital

पहिलो प्रदर्शनीमा ‘छउ’ जस्ता सशक्त वृत्तचित्र, सुदूरपश्चिमकै महिलाले बनाएका छोटा फिल्म, नेपाल प्यानोरमा र किम्फ महोत्सवबाट छानिएका प्रभावशाली कथा देखाउने उल्लेख छ । दोस्रोमा कथावार्ता सत्र संचालन हुने जनाइएको छ । तेस्रोमा फिल्मकर्मी, विद्यार्थी, युवा समूह, नागरिक समाज, महिला समूह र नीति निर्मातालाई समेटेर रोचक प्यानल छलफल हुने जनाइएको छ ।

यी सत्र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँग मेल खाने हिसाबले निर्धारण गरिएको आयोजक किम्फ फाउन्डेसनले जनाएको छ । साथै, विभिन्न थलोमा हुने कार्यक्रमको मिति पनि तय छ । जसअनुसार, ८ र ९ मंसिरमा कैलालीको धनगढी बहुमुखी क्याम्पस, ११ र १२ मंसिरमा कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा किम्फ हुनेछ ।

१४ मंसिरमा डडेलधुराको अलिताल गाउँपालिकाको हलमा र १६ मंसिरमा डडेलधुराको अमरगढी नगरपालिका, १८ मंसिरमा अछामको मालिका विद्यालय र १९ मंसिरमा अछामको तुर्माखाद गाउँपालिकास्थित कालिकेश्वरी माविमा घुम्ती किम्फ हुने वक्तव्यमा जनाइएको छ ।