खाेज्नुहाेस

धनगढी उपमहानगरले यस वर्ष पनि सीप तथा रोजगार मेला आयोजना गर्ने

Image

धनगढी– धनगढीमा यस वर्ष पनि सीप तथा रोजगार मेला आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिकाले गत वर्ष आयोजना गरेको सो मेला यस वर्ष पनि आयोजना गर्न लागेको हो ।

navjiwan hospital

यस वर्ष माघ ५ गतेदेखी फागुन २२ गते सम्म मेला सञ्चालन हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ । धनगढी खुला मञ्चमा आयोजना हुने मेला ७ विधाका २२ सेक्टरमा आयोजना गरिने उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र बहादुर खातीले बताए । उपमहानगरले गत वर्ष ८ विधाका २९ सेक्टरमा मेला आयोजना गरेको थियो । मेला मा ३० दिन सम्म सीप विकास र बाँकी १० दिन परामर्श सम्बन्धि कार्यशाला र रोजगार मेला सञ्चालन हुने उनले बताए ।

attariya hospital

सीप मेलाका लागि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुबाट अनलाईन तथा अफलाईन माध्यमबाट आवेदन दिन सकिने उनको भनाई छ । गत बर्ष मेलामा सहभागि हुन सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट गरी करिव ५ हजारको आवेदन परेको थियो । यसमध्ये १ हजार ४० जना मेलामा सहभागिता गराईएको थियो ।

रोजगार मेलामा सहभागि मध्ये हाल ४७ प्रतिशत रोजगारमुलक रहेको धनगढी उपमहानगरका उप्रमुख कन्दकला रानाले बताईन् । यस बर्ष आयोजना हुने मेलामा उमहानगरपालिकाको १ करोड ५९ लाख बजेट रहेको र बाँकी रकमका लागि विभिन्न निकायसंग समन्वय गरिरहेको जनाएको छ ।