
अत्तरिया– धनगढीबाट प्रहरीले अवैध भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका– २ त्रिनगर ब्यारेलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याईएका सामानहरु प्रहरीले बरामद गरेको हो ।
बुधबार करिब ४० हजार बराबरका मोबाईल कभर, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सो सामान प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो ।



















