खाेज्नुहाेस

जिल्ला अदालत कैलालीमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ

Image

धनगढी – जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत कैलालीमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ परेका छन । मंगलबार प्रहरीले अदालतमा आगजनी गरेको आरोपमा धनगढीबाटै ३ जनालाई पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– ३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल धनगढी– ३ बस्दै आएका २४ वर्षीय भरत बम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

भदौ २४ गतेको आन्दोलनको क्रममा जिल्ला अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, कार्यालय भवनभित्र रहेका विभिन्न मुद्दाका सक्कलै मिसिल, कम्प्युटर लगायत सूचना प्रविधिका उपकरणहरुमा आगजनी र तोडफोड गरिएको थियो ।

जिल्ला अदालतले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।