अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ३ मुक्ति टोलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । लैगिंकमैत्री तथा गुणस्तरीय सार्वजनिक सेवा ः सेवाग्राहीको अनुभव विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रम युरोपियन युनियन र संयुक्त राष्ट्रसंघको आर्थिक तथा प्राविधिक सहयोगमा प्रोपव्लिक, गोदावरी नगरपालिका, सुशासन प्रर्वद्धनका लागि युवा र निड्स नेपालले संयुक्त रुपमा सञ्चालन गरेका हुन् ।


वडास्तरिय नागरिक सञ्जालका अध्यक्ष पार्वती बोगटीको सभापतित्वमा आयोजित कार्यक्रममा वडाध्यक्ष तेजराज अवस्थी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा करिब ६० भन्दा बढी स्थानिय महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि महिलाहरुले टोलमा भएका विभिन्न समस्याहरुका बारेमा वडाध्यक्षसँग प्रत्यक्ष संवाद गरेका थिए ।
महिलाहरुले संवादका क्रममा उठाएका सवालहरुबारे वडाध्यक्ष अवस्थीले जवाफ फर्काएका थिए । उनले हालसम्म स्थानिय वडा सरकारका हैसियतले लैंगिक समानता पुग्ने गरी मात्रै बजेट विनियोजन भएको बताएका थिए । उनले आगामी दिनहरुमा पनि सोही विषयलाई निरन्तर रुपमा अघि बढाउने बताए । त्यसबाहेक वडाध्यक्ष अवस्थीले लैंगिक समानताका विषयमा ६ बुँदे लिखित ६ वुँदे सार्वजनिक प्रतिवद्धता पत्रमा हस्ताक्षर पनि गरेका थिए ।
कार्यक्रममा सार्वजनिक सुनुवाईको उद्देश्यका बारेमा तथा सहजीकरण निड्स नेपालकी परियोजना संयोजक सरिता कुमारी थापाले जानकारी दिएकी थिईन । टोलका भलमन्सा दसिराम चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमलाई निड्स नेपालकी सहजकर्ता पार्वती चौधरीले सञ्चालन गरेकी थिईन ।


















