
अत्तरिया – कैलालीको टीकापुरबाट प्रहरीले जेसीबीका पार्टपुर्जा बरामद गरेको छ । आइतबार टीकापुर नगरपालिका – १ साथी अस्पताल नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख २५ हजार मूल्य बराबरका जेसीबीका पार्टपुर्जा बरामद गरिएका हुन ।
उक्त सामान इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।



















