खाेज्नुहाेस

विश्वकप लिग–२मा नेपालको लगातार चौथो हार

Image

काठमाडौँ –  आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ ।

navjiwan hospital

नेपालको यो शृङ्खलामा लगातार चौथो हार हो । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बुधबार भएको खेलमा नेपाल घरेलु टोली युएईसँग पुन: स्तब्ध बन्यो ।

attariya hospital

यसअघि यस शृङ्खलामा पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रन र दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।

जितका लागि दुई सय ४० रनको लक्ष्य पछ्याएको युइर्एले ४९.५ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।