खाेज्नुहाेस

गेटा स्थित विश्वविद्यालय सभा सदस्य पाल सम्मानित

Image

अत्तरिया – कैलालीको गेटामा स्थापना गरिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको सदस्यमा मनोनीत भएका डा. डम्बर बहादुर पाल सम्मानित भएका छन् । बुधवार विश्वविद्यालय सङ्घर्ष समितिले एक कार्यक्रमका बिच पाललाई सम्मानित गरेको हो ।

सङ्घर्ष समितिमै रहेका लामो समय देखि विश्वविद्यालय स्थापनाका लागि आवाज उठाउँदै आएका पाल सभाकै सदस्य भएको भन्दै सम्मानित गरिएको सङ्घर्ष समितिका सह–संयोजक आनन्द भट्टले बताए ।

attariya hospital

कार्यक्रममा प्रतिभा पुस्तकालयको सचिवमा निर्वाचित भएका सङ्घर्ष समितिका सचिव धर्म सिंह कुवर र प्रतिभा पुस्तकालयका अध्यक्ष भुपेस जोशीलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा बोल्दै विश्वविद्यालय सभाका सदस्य डा. पालले सङ्घर्ष बाटै आफू पनि सभा सदस्य बनेकाले आफूले जनताका आवाज उठाउने पुलको काम गर्ने बताए ।

navjiwan hospital

उनले विश्वविद्यालय ऐन कार्यान्वयनमा गइसकेको बताउँदै अब केही दिनमै विश्वविद्यालयले उपकुलपति र रिजिष्टार पाउने बताए ।

सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले (आगो) ले आफूहरूको मुद्दा अनुसार विश्वविद्यालय स्थापना भए पनि क्षमता अनुसारको ६ सय शय्याको अस्पताल र एमबिबिएस पढाई सुरु नहुँदा सम्म खबरदारी जारी रहने बताए ।

यसैबिच लगतै बसेको सङ्घर्ष समितिको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिको नाम परिवर्तन गरेर ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समन्वयन तथा सरोकार समिति’ राख्ने निर्णय गरिएको सचिव कुँवरले बताए ।

उनले आगामी दिनमा उपकुलपति र रिजिष्टार नियुक्तिमा राजनीति भागबन्डा नगरी योग्य व्यक्ति छनोट गर्न र चाँडो ६ सय शय्याको अस्पताल र एमबिबिएस पढाई सुरु गर्न माग गर्दै बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने बताए ।