खाेज्नुहाेस

कैलालीबाट लागू औषध मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

Image
अत्तरिया –  कैलालीबाट लागू औषध मुद्दाका ३ फरार प्रतिवादी पक्राउ पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर गरेका ३ फरार प्रतिवादीलाई सोमबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
navjiwan hospital
attariya hospital
पक्राउ पर्नेमा लागू औषध मुद्दामा १ महिना १० दिन कैद सजाय तोकिएका टीकापुर नगरपालिका – १ ब्लक नम्बर ७ का २८ वर्षीय शंकर खत्री, लागू औषध मुद्दामै ६ दिन कैद सजाय तोकिएका टीकापुर नगरपालिका – ६ कटानपुरका २४ वर्षीय उमेश चौधरी र लागू औषध मुद्दामा २ महिना ९ दिन कैद सजाय र २५ हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका – ३ का २० वर्षीय समीर चौधरी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।