खाेज्नुहाेस

कञ्चनपुरको कृष्णपुरबाट लागू औषध सहित ६ जना पक्राउ 

Image
अत्तरिया – कञ्चनपुरको कृष्णपुरमा घरबाटै लागू औषध सहित ६ जना पक्राउ परेका छन् । साेमवार कृष्णपुर नगरपालिका – ५ गुलरियाका २१ वर्षीय गणेश बोहराको घरभित्र खानतलासी गर्दा घरको ग्यालरीमा लुकाई राखेको लागू औषध सहित ६ पक्राउ परेका हुन ।
attariya hospital
लागू औषध खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा  खटिएको प्रहरी टोलीले ७ ग्राम ३४० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
navjiwan hospital
पक्राउ पर्नेमा गणेश बोहरा सहित उनको घर भित्र शङ्कास्पद रूपमा बसिरहेका स्थानीय २३ वर्षीय मिलन भट्ट, २२ वर्षीय रिदम भट्ट, ३२ वर्षीय हर्क देउवा, २१ वर्षीय पारस जोशी र कृष्णपुर नगरपालिका – ६ का ३० वर्षीय गणेश बहादुर विष्ट रहेका छन् ।
उनीहरूलाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र  इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।