खाेज्नुहाेस

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ 

Image
अत्तरिया – कैलालीको सीमा नाका खक्रौला भन्सार चेकपोस्ट नजिकबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । सोमबार टीकापुर नगरपालिका – ९ खक्रौला भन्सार चेकपोस्ट नजिकबाट  बर्दियाको गेरुवा गाउँपालिका – १ छापापुरका २८ वर्षीय धर्मेन्द्र आचार्य र सोही ठाउँका २९ वर्षीय आशिष् नेपाली पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ९९० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको लिएको थियो ।