खाेज्नुहाेस

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ : सिडिओ रेग्मी

Image

अत्तरिया – कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार पत्रकारहरू सँगको छलफल कार्यक्रममा बोल्दै उनले आफ्नो र आफू मातहतका कार्यालयलाई मिडिया मैत्री बन्न सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

‘मिडिया फ्रेन्डली हुनको अर्थ, जनताको सेवा मुखी हुनु हो’ उनले भने ‘त्यसका लागि म लगायत म अन्तरगतका कार्यालय प्रमुख, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलहरू सँग समन्वयन गर्ने छु ।’

attariya hospital

कार्यक्रममा पत्रकारहरूले सूचना पाउन समस्या हुने गरेको गुनासो राखेका थिए । प्रत्रकार महासंघका सुदूरपश्चिम सचिव शिवराज भट्टले कैलाली कारागारमा भएको घटनाका बेला सूचना पाउन निकै सास्ती भोग्नुपरेको बताउँदै आगामी दिनमा यस्ता अवस्था आउन नदिन सूचना मैत्री बन्न आग्रह गरे ।

उनले सञ्चार माध्यमका मुद्दा प्रेस काउन्सिलले हेर्ने भएकाले प्रशासनमा आएका उजुरी पनि काउन्सिलमा पठाउन आग्रह गरे ।

navjiwan hospital

कार्यक्रममा पत्रकारहरूले जिल्लामा सीमामा हुने अवैध कारोबार, चोरी डकैती, लागू औषध लगायतका मुद्दामा जिल्ला प्रशासन कार्यालयलाई विशेष निगरानी राख्न आग्रह गरेका थिए ।

जवाफमा प्रमुख जिल्ला अधिकारी रेग्मीले गौरीफन्टा नाकाबाट सामान लिएर आउनेलाई सास्ती भएको, लागू औषध नियन्त्रण, चोरीका घटना बढेको, मोटरसाइकलहरूले ध्वनि प्रदुसर्ण गर्ने लगायतका विषय आफ्नो कार्यक्षेत्र भित्र पर्ने भएकाले त्यसका लागि सरोकारवाला निकाय सँग छलफल गरेर अगाडि बढ्ने बताए ।

उनले अहिले प्रशासन कार्यालय पनि आफै पीडामा भएकाले कर्मचारीको मनोबल बढाउनका लागि पनि सबैको सहकार्य आवश्यक रहेको बताए । उनले जेनजी आन्दोलन पछि कर्मचारी, प्रहरीको मनोवलन पनि सँगसँगै उठाउन आवश्यक रहेको बताए ।

‘अहिले हामी पनि एक किसिमको पीडा मै छौ । बस्ने ठाउँ छैन । काम गर्नका लागि आवश्यक उपकरणको अभाव छ । कर्मचारीको मनोबल घटेको छ’ उनले भने ।