खाेज्नुहाेस

कैलालीमा २८ लाखसहित २ भारतीय नागरिक पक्राउ

Image

धनगढी – कैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित २ भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता पक्राउ परेका हुन ।

navjiwan hospital

उनीहरुको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

attariya hospital

उनीहरु सवार युपी ३१ सिएन ११७५ नम्बरको कार पनि प्रहरीले बरामद गरिएको छ । उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।