अत्तरिया – कञ्चनपुरबाट प्रहरीले लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरले कैद सजाय तथा जरिवाना ठहर गरी फरार भएका २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा लागू औषध मुद्दामा ५ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएका पुनर्वास नगरपालिका – ११ डोके बजारका ३० वर्षीय राजु थापा र लागू औषध मुद्दामै २ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका – ५ पबित्राका २४ वर्षीय राजु सार्की रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



















