अत्तरिया – कैलालीको अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्षमा भूपेश जोशी र उपाध्यक्षमा नरेन्द्र शर्मा विजयी भएका छन् ।
आइतबार भएको मतदानमा अध्यक्षमा १७४ मत ल्याउँदै जोशी निर्वाचित भएका हुन । उनका प्रतिद्वन्द्वी दिर्घराज भट्टले ९६ र यज्ञराज हमालले ४८ मत ल्याएका छन् ।


उपाध्यक्षमा शर्माले १९८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी टेकराज भट्टले १०६ मत ल्याएका थिए ।
शनिवार भएको संस्थाको १६ औँ साधारण सभामा अध्यक्ष र उपाध्यक्षमा सहमति नहुँदा निर्वाचन भएको थियो ।
साधारण सभाबाट सचिव, सहसचिव कोषाध्यक्ष र सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । सचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा जयराज फुलारा र सह – सचिवमा हेमन्तराज जोशी भने निर्विरोध चयन भएका हुन । त्यस्तै सदस्यहरुमा शेरसिंह खड्का, रामचन्द्र जोशी, तपराज ओझा, खिमादेवी ओझा निर्विरोध निर्वाचित भएका छन । संस्थाका हाल आजीवन सदस्य ५ सय ९१ रहेका छन् ।


















