अत्तरिया – कञ्चनपुरबाट लागू औषध सहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । शनिवार भीमदत्त नगरपालिका – ९ झिलमिलाबाट कैलालीको गौरीगंगा नगरपालिका – १ चौमालाकी ३६ वर्षीय लक्ष्मी देवी विष्ट पक्राउ परेकी हुन ।


शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट २२० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय ब्रहमदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।


















