अत्तरिया – कञ्चनपुरको बेलौरीबाट अवैध माछा बरामद गरिएको छ । सोमबार बेलौरी नगरपालिका – ६ भुराकोटबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएको माछा बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले करिब ३५ हजार बराबरको माछा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त माछा बेवारिसे अवस्थामा फेला पारेको थियो ।



















