खाेज्नुहाेस

हराएको ८ दिनपछि अछाममा एक किशोरी मृत फेला

Image

अछाम – कालिकोटको खुलालु पुलबाट कर्णाली नदीमा हाम फालेकी हराएकी एक किशोरीको शव अछामको रहफमा फेला परेको छ ।

navjiwan hospital

कालीकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोटकी १५ वर्षीया किशोरी सिर्जना बटाला हराएको ८ दिनपछि नदी किनारामा शव फेला परेको हो ।

add everest academy
attariya hospital

अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–१ रहफको तल्लो डुंगेश्वर नजिक रहेको बुढाबालुवा भन्ने स्थानमा मंगलबार साँझ शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

सिर्जना हाल सुर्खेतको वीरेन्द्रनगरमा कक्षा १० मा अध्ययनरत रहेकी थिइन । दसैँ मनाउन कालिकोटमा रहेको घरमा गएकी सिर्जनाले नदीमा हाम फालेको बताइएपनि थप प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।