धनगढी – कैलालीको टीकापुरबाट पटाका बरामद गरिएको छ ।

टीकापुर नगरपालिका–७ सत्तिबाट अन्दाजी मूल्य ९ हजार बराबरको बिभिन्न किसिमका पटाका बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सो सम्बन्धमा आबश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


















