कञ्चनपुर – कञ्चनपुरबाट ७ जुवाडे पक्राउ परेका छन् ।

मंगलबार राति भीमदत्त नगरपालिका–१८ पुष्पलालचोक बस्ने प्रदिप चन्दको पसलमा जुवातास ७ जुवाडे पक्राउ परेका हुन ।

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ५ गड्डी तास र नगद ४१ हजार ९७५ रुपैँयासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


















