खाेज्नुहाेस

कञ्चनपुरकी आँचल नाथ मृत्यु प्रकरण : ५ जनाविरुद्ध मुद्दा दर्ता

Image

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ की आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

मोडल तथा टिकटकर आँचलको मृत्यु प्रकरणमा मुद्दा दर्ता गरिएका प्रतिवादीहरुमा दैलेखको भगवती नगरपालिका–१ घर भएका २६ वर्षीय सन्जु विक, रुकुम चौरजहारी गाउँपालिका–६ घर भएकी अनु भनिने उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरु भनिने सरस्वती भण्डारी, कैलालीको गौरीगंगा गाउँपालिका–१ कि २२ वर्षीय राजेश बुढा र सोही ठाउँकी २२ वर्षीया लक्ष्मी बुढा छन् ।

attariya hospital
navjiwan hospital

उनीहरूमध्ये सञ्जु मात्रै पक्राउ परेका छन् । बाँकी चार जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा पाँच वर्षसम्म कैदको मागदाबी गरिएको छ ।

२१ वर्षीया नाथ पछिल्लो दुई वर्षदेखि भक्तपुरको थिमिमा डेरा लिएर बस्दै आएकी थिइन् । अहिले प्रतिवादी बनाइएका व्यक्तिहरुसँग उनको टिकटकमार्फत नै चिनजान भएको थियो ।
टिकटक लाइभमै विवाद भएको त्यसपछि ज्यान मार्नेसम्मको धम्की आएको दाबी गरिएको छ । विवाद भएपछि ९ असोजसमा सञ्जु विकलाई बोलाएर छलफल गर्दा उल्टै ज्यान मार्नेसम्मको धम्की आएको दाबी नाथका काकाले गरेका थिए । सोहीअनुसार उनले प्रहरीमा जाहेरी पनि दिएका थिए ।

धम्की आएको भनिएकै दिन नाथ जलेको अवस्थामा कोठामा भेटिएकी थिइन् । उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । दुई दिनपछि ११ गते उनको मृत्यु भएको थियो ।

अनुसन्धानका क्रममा नाथ आफैंले पेट्रोल छर्केर आगो लगाएको खुलेपछि प्रहरीले धम्की दिनेहरुविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा चलाउनु पर्ने राय दिएको थियो । सोही अनुसार अहिले उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।