कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले १० जुवाडे पक्राउ गरेको छ ।

शुक्लाफाँटा नगरपालिका – ११ कलुवापुरमा रहेको बिरबहादुर बिष्टको किराना पसलमा जुवातास खेलिरहेका १० जना जुवाडे पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले मंगलवार राति उनीहरुलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुको साथबाट ४ गड्डी तास र नगद ६३ हजार पाच सय रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ।


















