कञ्चनपुर – कञ्चनपुरबाट नगद सहित ९ जना जुवाडे पक्राउ परेका छन् ।

बेदकोट नगरपालिका ९ कोल्डस्टोर स्थित विकास बमले संचालन गरेको अम्बै कटेजमा जुवातास खेलिरहेका ९ जना जुवाडे पक्राउ परेका हुन ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १ लाख ६९ हजार ९३५ रुपैँया बरामद गरेको जनाइएको छ ।


















