काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफुले कुनै आदेश नदिएको दाबी गरेका छन्।

शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आफू र प्रधानमन्त्रीले जेनजी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताएका हुन्।


गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर चलेका चर्चाहरुमा सत्यता नरहेको उनले बताए। लेखकले जेनजी आन्दोलनमा घुसपैठ भएका कारण पीडादायी घटना भएको धारणा राखे। जेनजी पुस्ताले अघि सारेका मागहरुलाई बुझेर लोकतन्त्रको मूल्य मान्यताका साथ अघि बढ्न जरुरी रहेको उनले बताए।

















