खाेज्नुहाेस

अत्तरिया च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता हुने 

Image
अत्तरिया – कैलालीको अत्तरियामा ‘अत्तरिया च्याम्पियनसिप २०८२’ ब्याडमिन्टन प्रतियोगिता  आयोजना गरिने भएको छ । सारिका प्रिन्टिङ हाउसको आयोजना र माउन्ट एभरेस्ट क्लबको सह आयोजनामा बी लेभल डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको हो ।
add everest academy
attariya hospital
असोज ३१ र कार्तिक १ गते आयोजना हुने प्रतियोगितामा विजेतालाई ४१ हजार १ सय प्रदान गरिने जनाइएको छ । दोस्रो हुनेलाई २१ हजार १ सय र तेस्रो हुनेले १० हजार पाउने छन् ।
navjiwan hospital
प्रतियोगितामा राष्ट्रिय खेल र क्षेत्रीय खेल खेलेका खेलाडीहरूलाई समावेश नगरिने जनाइएको छ । प्रतियोगिता बीब्लुएफको नियम अनुसार खेलाइने छ । प्रतियोगिताका खेल नक आउटको आधारमा खेलाइने जनाइएको छ । प्रतियोगिता अत्तरियामा रहेको नमस्ते ब्याडमिन्टन हलमा खेलाइने छ ।
attariya technical collage