खाेज्नुहाेस

कञ्चनपुरमा पनि बालेन र सुधनविरुद्ध जाहेरी

Image

कञ्चनपुर – नेकपा एमालेनिकट अनेरास्ववियुले कञ्चनपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल (एनजिओ)का संयोजक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । गत २४ भदौ जेन–जी आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीको हत्यादेखि निजी सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड एवं आगजनी गरेको भन्दै प्रहरीमा उजुरी दिएको हो ।

navjiwan hospital

अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाले संगठनको केन्द्रीय कार्यक्रमअनुरूप जिल्लाबाटै उजुरी दिएको बताए । संयोजक थापाले काठमाडौं महानगरपालिका प्रमुख बालेन र एनजिओकर्मी सुदन नै मुख्य योजनाकार भएकाले कानुनअनुरूप कारबाही गर्नुपर्ने बताए ।

attariya hospital

बालेन र सुदनविरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७७ दफा, १७८ दफा, २४४ दफा २८५ (२)को उपदफा (क) बमोजिम जाहेरी दिएको छ । यसअघि अनेरास्ववियुले कैलालीबाट पनि बालेन र सुधन विरुद्ध उजुरी दिएको थियो ।