खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट साढे ७ लाखको अवैध सामान बरामद

Image
file photo

धनगढी – कैलाली र कञ्चनपुरबाट प्रहरीले साढे ७ लाख बराबरको अवैध भन्सार छलीका सामान बरामद गरेको छ । कैलालीको धनगढी, भजनी र कञ्चनपुरको भीमदत्त नगरपालिका र बेलौरीबाट ७ लाख ५९ हजार ७४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट र भजनी नगरपालिका–५ करुवाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ९८ हजार १५० रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जसअन्तगत छलीका सुर्ती, विडी, सलाई, साडी, सुटपिस लगायतका सामान रहेका छन ।

attariya hospital

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क र बेलौरी नगरपालिका–६ भुराकोटबाट ६ लाख ६१ हजार ५९० बराबरको सामान बरामद गरिएको छ। जअसन्तरगत २ वटा मोटरसाईकल सहित कोट, टि–सर्ट, भाडाबर्तन लगायतका सामान रहेको प्रहरीले जनाएको छ । सबै सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।