धनगढी – धनगढीमा स्कुटी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१३ मा स्कुटी दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१ शिवनगरका २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४७३ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई पल्टिदा घाइते भएका बमकोलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बम बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रमुख दिपक बहादुर बमका छोरा हुन ।

दुर्घटनामा स्कुटी पछाडी सवार सोही ठाउँ बस्ने २६ वर्षका सरोज बम घाईते भएका छन्। उनको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।



















